Notice

धनकुटा नगर क्षेत्र प्लाष्टिक झोला मुक्त घोषित

वि‍‌ स‌ं २०७० साल वैशाख १ गते देखि धनकुटा नगरपालिका क्षेत्रलाई प्लाष्टिक झोला निषेधित नगर घोषणा गरिएकोछ । धनकुटा बसपार्कमा २०६९ चैत्र ३० गते विशेष कार्यक्रम आयोजना गरी ७ बुँदे धनकुटा घोषणापत्र जारी गरी नगरलाई प्लाष्टिक झोला मुक्त घोषणा गरिएको हो । पूर्वाञ्चल क्षेत्रीय प्रशासक श्री जनार्दन नेपालको प्रमुख आतिथ्यतामा  सम्पन्न घोषणा सभा अगाडि विभिन्न जनजातीहरुको सांस्कृतिक झाकी सहितको विशाल र्यालीले नगर परिक्रमा गरेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत कुमारप्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुखहरु, निमित्त प्रमुख जिल्ला अधिकारी ग‌णेशप्रसाद भट्टराई, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष लालचन्द्र गोम्वा तामांग लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अभियान अन्तर्गत जनचेतना उपसमिति संयोजनक विजय सन्तोषी राईले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रचार प्रचार उपसमिति संयोजक नेपाल पत्रकार महासंघ धनकुटा अध्यक्ष मोहन वान्तवाले घोषणापत्र वाचन गर्नु भएको थियो । नगरपालिकाका प्रवक्ता डम्वर रोगुले सञ्चालन गर्नु भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु राजनैतिक दल सुरक्षा निकाय नागरिक समाज विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।